थपिए २० जना कोरोना संक्रमित, सक्रिय संक्रमित २२१ जना

Image Not Foundकाठमाडौं,बैशाख,१८-नेपालमा विगत २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २ हजार ५०८ पीसीआर परीक्षणमा १८ जना र ७१४ एन्टिजेन परीक्षणमा २ जना गरी कुल २० जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या २२१ पुगेको छ ।

यसैगरी, आइतवार २७ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।