फुकुओकामा पहिलो पटक अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने

फुकुओका,जापान,भाद्र,३०-

जापानको फुकुओकामा पहिलो पटक अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो ।

प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा हुनेछ।( 福岡市博多区井相田2- 3-3 ) यो प्रतियोगीता जापानीज र विदेशी बिचको एकआपसमा मेलमिलाप भाईचाराको सम्बन्ध राख्न, आ-आफ्नो देशको रहन सहन चालचलन साँस्कृतीक आदान प्रदान र जापानमा विदेशीहरुले के कसरी बसोबास गर्दै आईरहेका छन् । उनीहरुको चाहान के छ, बुझेर त्यहि अनुरुप भैपरी आउने समस्या लाई सहयोग गर्ने उदेश्यले फुटसल प्रतियोगीताको आयोजना गरिएको आयोजक टिमका  भिम गुरुङले जानकारी दिनुभयो ।

यसैगरी यो चुनागु कम्पनीले विगतका वर्षहरुमा विदेशीहरुलाई स्यूस्योकु गर्न र विदेशीहरुले आयोजना गर्ने फेस्टिभल कार्यक्रममा आर्थीक र भौतीक रुपमा सहयोग गर्दै आईरहेको पनी उहाँले बताउनुभयो ।

उक्त प्रतीयोगितामा जापान नेपाल भियतनामका १२ वटा टिमहरुले सहभागीता जनाउदै छन्।जस अन्तर्गत जापानबाट २ टिम भेयतनामबाट २ टिम र नेपालबाट सबै भन्दा बढी ८ टिम गरि जम्मा कुल १२ टिमले प्रतीयोगितामा सहभागिता जनाउन लागेको हो । प्रतियोगिताको विजेता टिमले १ लाख जापानीज येन सहित ट्रफि र मेडल प्राप्त गर्नेछ, भने उपविजेता टिमले ५० हजार जापानीज येन सहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगीतामा भाग लिने टिमहरुको नामावली !

१. बिहानी एफसी ( Bihani FC) Nepal
२. जापान एफसी (Japan Fc) Japan
३.भियतनाम एफसी (VIET NAM FC ) Vetnam
४. चुनागु एफसी (Tsunagood Fc) Japan
५. हानोई एफसी ( Hanoi Fc)Vetnam
६. श्री गणेश खुकुरी एफसी( S.G khukuri FC) Nepal
७. तेन्जिन ल्यास एफसी ( Tenjin Lads Fc) Nepal
८. ओहासी एफसी (Ohasi Fc ) Nepal
९. केआईसी ईगल एफसी (Kice eagle Fc) Nepal
१०.वाजिरो गाईज एफसी (wajiro guye Fc) Nepal
११.गोरखा ब्रदर्स “ए” Gorkha brothers A.) Nepal
१२. गोरखा ब्रदर्स “बी” Gorkha brothers b.) Nepal

टिमहरु रहेका छन् ।