एसियाली खेलकुद बक्सिङमा थापाको जित

काठमाडौं,असोज,८-एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन्।पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन्।

राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४-१ ले हराएका हुन्। नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए।

पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई पराजित गरे।