साफ यू-१९ च्याम्पियनसीप मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

unn.prixa.netकाठमाडौं,असोज,८-नेपाल साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो। दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को गोल अन्तरले पराजय भोगेको थियो।

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो।योसँगै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ।नेपालको जितका लागि खेलको १७ औं मिनेटमा प्रशान्त लक्समले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ३० औं मिनेटमा समिर तामाङले अर्को गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए।खेलको ८८ औं मिनेटमा निराजन धामीले तेस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए। त्यसैगरी दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले नेपालका लागि चौँथो गोल गरे।

मालदिभ्सले भने नेपाल बिरुद्ध १ गोल मात्रै फर्काउन सक्यो। माददिभ्सका एडम लायान रसिदले एक गोल फर्काएका थिए।