पूर्ण सरसफाई नगर बनाउन आवश्यक :उपप्रमुख थापा

नेपालगञ्ज,जेठ ९-

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगञजलाई खुला दिसामुक्तसँगै पूर्ण सरसफाई नगर बनाउन रणनीतिक योजना तथ नीतीको आवयश्यक्ता औल्याउनु भएको छ ।
नेपालगञज उपमहानगरपालिकाद्धारा आज नेपालगञजमा आयोजित खुला दिसामुक्त नगर घोषणा तथा पूर्ण सरसफाईका लागि अभिमुखीकरण कार्यक्रमको सम्वोधन गर्दै उपप्रमुख थापामगरले सो कुरा बताउनु भएको हो ।

२३ वटा वडा रहेको उपमहानगरपालिकामा अब वडा न २२ मात्र खुला दिसामुक्त हुन बाँकी रहेकाले चाँडै नै नेपालगञ्ज खुला दिसा नगर घोणणा गर्ने तयारी गरिएको छ । उपप्रमुख थापामगरले अनेकन चुनौतीका बाबजुद नेपालगञ्ज खुला दिसामुक्त नगर बन्न लागिरहेको भन्दै अब पूर्ण सरसफाई नगरका लागि पनि हातेमालो गर्नु पर्ने जिम्मेदारी आएको बताउनु भयो ।

रणनीतिक योजना तथा नीतीका साथ पूर्ण सरसफाईका कार्यक्रम ल्याइनु पर्ने भन्दै उहाँले जनप्रतिनीधीको अग्रसरताको खाँचो औल्याउनु भयो । वडा अध्यक्ष, वडा सचिव लगायतका सहभागिता रहेको कार्यक्रममा खुला दिसामुक्त अभियानका फोकल पर्सन ओवीराज आचार्यले खुला दिसामुक्तको अवस्था, अनुभव र एसएनभी नेपालका मुन बहादुर खडकाले पूर्ण सरसफाईका विषयमा प्रस्तुती देखाउनु भएको थियो ।

वडा अध्यक्षहरु विन्दु भुषण बस्नेत, जुमन खा, ओमकारनाथ मिश्र, सुनिलसिंह हमाल लगायतले पूर्ण सरसफाईका लागि सचेतना, अनगुमन र कारवाही प्रक्रियालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् ।