काठमाडौं,असार,१४-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ ।
कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन ।
महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने काम रोकिएको छ ।आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति पर सार्ने विषयमा निर्णय गर्ने वताइएको छ ।