मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट र आईसीयू निर्माण हुने

गुल्मी,जेठ,४-सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ विनियोजन गरिएको छ’, गुल्मी क्षेत्र नं. १ का सांसद समेत रहेको ज्ञवालीले भने ।

कोरोना भाइरसको संक्रमणका बिरामीलाई अक्सिजन अभाव भएको समाचार पछि मन्त्री ज्ञवालीले जिल्ला अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्न पहल गरेका थिए ।

पाँच बेडको आइसीयु स्थापना

मन्त्री ज्ञवालीका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि थप रकमको प्रबन्ध गरिँदै छ ।

कोभिडका बिरामीलाई उपचारका लागि समस्या हुन नदिन र ठूलो खर्चमा अन्यत्र लैजानु पर्ने अवस्था आउन नदिनका लागि आईसीयू स्थापना गर्न पहल गरिएको उनको भनाई छ ।

त्यसका साथै जिल्लाको रुरु, श्रृंगा, जोहांग (खैरेनी) र धुर्काट प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने प्रबन्ध हुने पनि मन्त्री ज्ञवालीले बताए ।

यस प्रक्रियामा महत्वपूर्ण सहयोग पु¥याउने अर्थमन्त्री र स्वास्थ्यमन्त्री लगायतसबै सहयोगीहरूलाई उनले धन्यवाद दिएका छन् ।

कोरोना भाइरसको महामारी शुरु भएपछि गतवर्ष मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा निःशुल्क पीसीआर मेसिन उपलब्ध गराएका थिए ।

फाईल तस्विर !!