विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम

Image Not Foundकाठमाडौं,वैशाख,३-लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ ।

एनालिटिक्स फर्म सेन्सर टावरले  हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार उक्त वर्षमा एपको कुल डाउनलोड ३ अर्ब ५० करोड नाघेको छ । सन २०१८ को शुरुवातदेखि नै अन्य कुनै पनि एपले कुल डाउनलोडमा टिकटकलाई पछि पार्न सकेका छैनन् ।

टिकटकपछि दोस्रो धेरै डाउनलोड हुनेमा  इन्स्टाग्राम रहेको छ ।  इन्स्टाग्राम भने १५ करोड १० लाख पटक डाउनलोड भएको छ । यद्यपि एशियामा भने इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एपको सूचीको पहिलो नम्बरमा रहेको छ । 

मेटा अन्तर्गतका तीन ओटा कम्पनी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सबैभन्दा धेरै डाउनलोड हुने टप फाइभ एपको सूचीमा छन् । गूगल प्ले स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएका एपहरूमा इन्स्टाग्राम र फेसबुक छन् ।

टिकटक बारेको प्रतिवेदन बाहिरिएपछि अमेरिका र भारतले राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै चिनियाँ उक्त एपलाई प्रतिबन्ध लगाएका छन् ।  अझ खासगरी टिनएजका केटाकेटीमा यसको लोकप्रियता बढ्दै गएपछि  हामी टिकटक चलाउँदैछौं कि टिकटकले हामीलाई ? भन्ने  बहस समेत शुरु  हुन थालेको छ ।आर्थिक अभियानबाट

एजेन्सी