प्रकाश दाहालको अन्त्येष्टि : प्रचण्डले दिए दागवत्ती

काठमाडौं,मंसिर,३-

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालका एक मात्र पुत्र (साकार) प्रकाश दाहालको अन्त्येष्टि गरिएको छ ।

आकस्मिक हृदयाघातका कारण आज बिहान निधन भएका प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिनु भएको हो । 

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  उनको पार्थिव शरिरमा अन्तीम पटक नेकपा एमाले नेता माधवकुमार नेपाल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आज विहान निधन भएको थियो ।