ओखलढुंगामा निर्बाचनका लागी खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालीम प्रदान

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,३-
आगामी निर्बाचनका लागी ओखलढुंगामा खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लाई तालिम दिईएको छ । आईतबार सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाले उक्त तालीम दिईएको हो ।

एक सय ४१ मतदान केन्द्रका लागी सोही संख्यामा मतदान अधिकृत तथा सोही संख्या मै सहायक मतदान अधिकृत निर्वाचानमा खटिएका छन् । मतदानका प्रक्रिया, मतदान स्थल व्यवस्थापन, मतपत्रको नमुना तथा मतसंकेत गर्ने प्रक्रिया र निर्वाचन सुरु देखि मतगणनाका प्रक्रियाका विषयमा जानकारी गराईएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार सुरक्षा व्यवस्था लगायतका विषयमा सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरुबाट मतदानका सुरक्षाका विषयमा तालिम दिईनेछ । साथै प्रयोगात्मक कक्षाको समेत संचालन गरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने समेत उहाँले जानकारी दिनुभयो ।

निर्वाचान अधिकृत, सहायक निर्वाचन अधिकृत सहित एक मतदान केन्द्र बराबर ४ जना सहायक कर्मचारी र दुईजना सहयोगि कर्मचारी गरी आठ जना कर्मचारी खटाईने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।