जापानबाट हासिल गरेका ज्ञान,सीप र अनुभव नेपालमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं,बैशाख,३-परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ ।

नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराउनुभयो । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवा गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो ।

उहाँले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताउनुभयो ।