काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं,भदौ,२१-काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ।

भाइरल निमोनियाका कारण ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो।वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बन्नु भएका रिजाल हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो।

रिजालको शव अहिले ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने नेपाली कांग्रेसले जनाएको छ।

उहाँको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि बताइएको छ।