एक्स जेनेरेसनको नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी अषाढ ९ मा

नेपालगन्ज,असार,५-


एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले यहि अषाढ ९ गते नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी गर्ने भएको छ । उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनका संस्थापक संयोग जंग शाहको भनाइ छ । बिश्वव्यापी चर्चित ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे लिनेटा’ को प्रमुख आकर्षण पुल पार्टिमा रहने छ ।

जहाँ डिजे लिनेटा संगै नेपाल की ख्याती प्राप्त डिजे अर्पणा, डिजे बिधानको डिजे बिट्सका साथै युवा पिडीको रोजाईमा रहेको हिप हप संगितमा नाम चलेका गायक ‘सरकार ‘ , ‘टिक्रस’ र ‘दंगाली बोवाई’को संगितिक प्रस्तुती रहने छ ।

आयोजकका अनुसार कार्यक्रमको संचालन मोस्ट पपुलर मोडल RJ/VJ पुजन थापाले गर्ने छिन् । यो पुल पार्टीले नेपालगंजबासी लाई यो प्रचण्ड गर्मीमा थेरौ भए पनि राहत दिनुका साथ अन्तराष्ट्रिय स्तरको इभेन्टको मनोरञ्जन दिनेकुरामा बिश्वस्त रहेको शाहले बताएका छन् ।

शाहले यो बर्ष यस्तो अन्तराष्ट्रिय लेडी डिजे सहितको दुई वटा पुल पार्टी हुने र चाडैनै एक्स जेनेरेशनले आफ्नो बार्षिक इभेन्ट “मिस नेपालगंज” र “लिटिल मिस भेरी ” पनि सुरु गर्ने जानकारी दिए ।

“बिट द हिट” पुल पार्टी को हस्पिटालिट पार्टनर समेत रहेको स्नेहा कालर्श इन स्विट्सका अपरेश मेनेजर कपिल गान्जोका अनुसार यो पार्टी लाई लक्ष्यित लाइभ “बार बिक्यु” गर्नुका साथै अन्य स्वादिष्ट परिकारको परिकल्पना होटल ले गरेको बताए ।

उक्त पुल पार्टी स्नेहा कालर्श इन स्विट्समा दिउसो २ बजे देखी शुरू हुने छ ।