नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडौं,कात्तिक,२१-नेपालमा शुक्रवार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।जवकि बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेको थियो ।

योसँगै कोरोना संक्रमणबाट १ हजार ७० जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख १७ हजार ३४३ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार २५४ जना रहेका छन् भने  आईसोलेशनमा ३४ हजार ९०५ जना रहेका छन् ।