सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाडौं, जेठ,८-

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ गरी आज सार्बजनिक गरिएको छ ।गृह मन्त्रालयको विशेष छानविन समितिले गोरेलाई पक्राउ गरेको हो ।

उनलाई आज विहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौंको गौरीघाटबाट प्रक्राउ गरिएको छनविन समितिले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पक्राउ परेका गोरेलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी आजै सार्वजनिक गरिएको हो ।

गोरे’ समूहले पछिल्लो चार वर्षमा मात्र कवि ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।र, यो सबै सुन दुबई र बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै आउने गरेको थियो । गोरेले दुबईदेखि त्रिभुवन विमानस्थल हुँदै व्यापारीसम्म सेटिङ मिलाएका थिए र लगातार तस्करी हुँदै आएको थियो । तर, पछिल्लोपटक साढे ३३ किलो सुन हराएपछि गोरेले केरकार गर्ने क्रममा सनमको मुत्यु भयो र तस्करीको पोल खुलेको थियो ।

गोरेलाई थप छानबिनको लागी आजै मोरङ लगीने ।।

सुन काण्डको मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको हुनाले र थप अनुसन्धानका लागि गोरेलाई आज नै विराटनगर पठाइने छानविन समितिका सहसंयोजक तथा गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलले पत्रकार सम्मेलनमा बताउनुभयो।

सुन काण्डका बारेमा गोरेबाट थप सूचना मिलेको र यसले अनुसन्धानमा मद्धत मिल्ने पनि उहाँले बताउनुभयो । उहाले सुनकाण्ड जेरीझैँ जेलिएको र गोरेबाट सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताउनुभयो ।

छानबिन समितिको म्याद पनि थप भएकाले गोरेको बयान र थप अनुसन्धानबाट तस्करीका अरु रहस्य पनि खुल्दै जाने पौडेलले पत्रकार सम्मेलनमा जनाक्रीदिनुभयो ।त्रिभुवन विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।

सुनकाण्डको रहस्य कसरी खुल्यो ।।

गत माघ ९ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोप लागेको थियो । शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो । सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना प्रहरी अधिकारी रहेका छन् ।

गोरे पक्राउ परे लगत्तै मृतक सनम शाक्यका घर परिवारले के भने ॥

गोरे पक्राउ परे लगत्तै मृतकका परिवारले शतप्रतिशत न्याय पाउने विश्वास व्यक्त गरेका छन् । सनमकी आमा कल्पना र श्रीमती सुनिता शाक्य सुन तस्करी र सनम हत्याको विषयमा बहस सुन्न मंगलबार मोरङ अदालत आएका थिए । त्यहीबेला नै उनीहरूले गोरे पक्राउ परेको खबर सुनेका थिए । गोरे पक्राउ परेको खबर सुन्नासाथ उनीहरु खुसी देखिएका थिए । आमा कल्पनाले भनिन्, “जन्मकैद फैसलाको अपेक्षा गरेको छु ।” श्रीमती सुनिताले पनि ज्यान मार्नेलाई जन्म कैद नै हुनुपर्ने माग गरिन् । 

गोरेको अश्लिल शब्द

गोरे’लाई पक्राउ गरी सार्बजनिक गर्ने सिलसिलामा पत्रकारहरुले फोटो खिच्दा उनले सार्वजनिक स्थलमै अपशब्द बोलेर प्रहरी र पत्रकारहरु आश्चर्यचकित बनाइदिएका छन् ।पत्रकार सम्मेलनमा सार्बजनिक गर्ने क्रममा गोरेलाई क्याप र माँस्क खोल्न अनुरोध गर्दा (अश्लिल) अपशब्द बोलेका थिए ।