नेपालले आज बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै

नेपालले जोर्डनसंग ४ पटक खेल्दा १३ गोल ब्यहोर्दै,१ गोल फर्काएको छ

जोर्डनविरुद्ध नेपाल - हेड टु हेडकाठमाडौं,जेठ,२५-एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । तर, नेपालको नतिजा सुखद छैन ।नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

 हेड टु हेड –

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो ।जोर्डनका हसन अब्देल फाथले चार गोल गरेका थिए ।

तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो ।

दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो । जोर्डनका अल मुर्जनले गोल गरेका थिए ।

यस्तै नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरेका थिए ।

पछिल्लो पटक नेपालले जोर्डनसँग फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो ।

गत वर्षको जेठमा कुवेतमै भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो । 

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई तथा याजन अल अरबले एक गोल गरेका थिए ।खेलपाटीबाट