कोरोना खोप अभियान:८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाए

काठमाडौं,फाल्गुन,२८-दोस्रो चरणको कोरोना खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाएका छन् ।

गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय १७ जना जेष्ठ नागरिकले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल जेष्ठ नागरिकको संख्याको ४६ प्रतिशत हो ।

दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६ गरी जम्मा ८ लाख २७ हजार ९ सय १७ खोप लगाई सकेको मन्त्रालयले जनाएको छ ।