‘कम्युनिष्ट आन्दोलन विघटन गर्न दिइन्न,ओलीजीलाई असफल पारिनेछ’:घनश्याम भूसाल

काठमाडौं,फाल्गुन,२८-नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताउनुभयो ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, आजको घटनाबाट वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ-कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

ओलीले शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको एकपक्षीय बैठक राख्दै उपमहासचिव भूसालसहित माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए। उनले आफूनिकट र माओवादी केन्द्रबाट गएका नेताहरुलाई प्रदेशमा जिम्मेवारी दिँदै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेका छन्।