सामर्थ्य नेपालद्धारा आज कैलालीको चिसापानीमा वृहत सरसफाइ

रमित पाण्डे/

कैलाली,भदौ,१५-

सामथ्र्य नेपालद्धारा आज कैलालीको चिसापानीमा वृहत सरसफाइ
सामथ्र्य नेपालको आयोजनामा आज कैलालीको चिसापानीमा वृहत सरसफाई गरीएको छ । सरसफाई अभियानको लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापाले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपमेयर थापाले युवाहरुले सामाजीक काममा अग्रसरता देखाएको प्रति खुसी व्यक्त गर्नुभयो ।

वृहत सरसफाइमा नेपाली सेना

युवाहरुको यो काममा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समेत उहाँको सुझाव थियो ।सामथ्र्य नेपालका पश्चिमान्चल संयोजक केपि खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापा रहनु भएको थियो ।

बिशिष्ठ अतिथिमा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्याक्ष भक्त बहादुर चलाउने,अन्य अतिथिहमा नेपाली सेनाका उपसेनानी प्रताप शाह,ससत्र प्रहरी बेस क्याम्प डुँढेझारीका प्रहरी नायव उप निरीक्षक अमर बहादुर ऐर,कामेश्वर शिव पुराण मन्दिरका अध्याक्ष नारायण राजबंसि,कर्णाली नेसनल एकेडेमिका प्रध्यानाध्यापक रजनि भण्डारी,नेपाली कांग्रेश लम्कीचुहा नगर सभापति राम बहादुर बिष्ट, नेपाली कांग्रेशका युवा नेता लव शाही, पुर्ण भण्डारी,दिपक शाही, दिलमाया थापामगर, प्रेम चौधरी नेपाल प्रहरी,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कैलालीको चिसापानीमा वृहत सरसफाइमा सशस्त्र प्रहरी

देश सुन्दर बनाउन ठुला ठुला कल््पना र भाषण गरेर मात्रै नबन्ने प्रत्येक नागरिकले हात हातमा झाडु लिएर गाउँ,नगर र राज्य सफाईमा लागेमा देश सुन्दर र स्वच्छ बन्ने र देशमा भैरहेको सामाजिक, आर्थिक, राजनीति बिकृतीलाई हटाउन समाजमा भएका युवाहरूलाई सक्रिय बनाउनका लागी यो संस्थाको देशव्यापि रुपमा गठन गर्न लागीएकोे सामथ्र्य नेपालका पश्चिम नेपाल प्रमुख खनालको भनाई छ ।

“समाज परिवर्तनमा शिर्जनशिल युवाहरूका हातहरु ” भन्ने नाराका साथ देशव्यापी रुपमा शाखा विस्तार गरीरहेको युवाहरुको यो संस्थाले पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि सामाजीक काम गरीरहेको छ ।

(कैलालीको चिसापानीमा वृहत सरसफाईको बेला देखिएका केहि तस्विरहरु)