माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ : राजदुत डा. दुर्गा बहादुर सुवेदी

जापान स्थित नेपाली राजदुत : डा. दुर्गा बहादुर सुवेदी ।।

टोकियो,जापान,२८-जापान स्थीत नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीले माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ।

नेपाल मगर संघ जापानले शनिवार  टोकियोमा आयोजना गरेको एक सांगितीक माघे संक्रान्ती विशेष लाङ्घाली साँझ कार्यक्रममा बोल्दै महामहिम राजदुत डा.दुर्गा सुवेदीले माघे संक्रान्ती पर्व एक महत्वपुर्ण पर्व भएको हुदाँ यो पर्व मगर समुदाय र थारु जातीले मात्र नभई सिंगो नेपालीले मनाउनु पर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो “आज यस पर्वको यो कार्यक्रममा जापानमा रहेका सबै जातजातीका मानिसहरुको उपस्थिती भएको छ” भन्दै यो पर्व नेपालको राष्ट्रिय पर्व र राष्ट्रिय परम्परागत संस्कृतीको पर्व पनी भएको बताउनुभयो।उहाँले विदेशमा हाम्रो नेपालीको परिचय जोगाउन राष्ट्रियताको परिचय जोगाउन पनि यस्ता परम्परागत पर्व सबैले मान्नु पर्नेमा जोड दिनुभयो।

राजदुत सुवेदीले “भन्नुभयो” आजको यस कार्यक्रमले जापानमा रहेका प्रवासी नेपाली समुदायहरु विच एकआपसमा नेपाली नेपाली विचको एकता नेपाली नेपाली विचको सहिष्णुता र अस्तित्व अनी समझदारी र सहकार्य भएको र सबैभन्दा महत्वपुर्ण कुरा हरेक जातजातीको अस्तित्व र सहअस्तित्वको प्रतिविम्वित भएको र आजको माघी विशेष कार्यक्रमले प्रमाणीत गरेको बताउनुभयो।

उहाँले “भन्नुभयो”आज यस कार्यक्रममा सम्पुर्ण मगर समुदायले आफ्नो पोषाक लगाएर आएको देख्दा आफूलाई एकदमै गर्व लागेको र अर्को वर्ष आफूले पनि मगर संघको कार्यक्रममा मगर पोशाक लगाएर आउने प्रतिवद्धता व्यक्त गर्दै राजदुत डा.सुवेदीले नेपालबाट आउनु भएका राष्ट्रिय कलाकार श्याम राना र सम्झना लामिछाने मगर लाई संक्षिप्त कार्यक्रमको लागी सफलताको कामना गर्नुभयो।

साथै उहाँले अन्तमा सम्पुर्ण नेपालीजनमा माघी संक्रान्ती पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवंम निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस पर्वले सारा नेपालीजनमा एकता मेलमिलाप र सहिष्णुताको भावना प्रदान गरोस् भन्दै शुभेच्छा प्रकट गर्नुभयो।