अध्यक्षद्वय ओली र दाहालबीच छलफल सुरु

काठमाडौं,माघ,२९-

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । ललितपुरको मानवभवनस्थित एक घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो।

एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियालाई निर्णायक मोडमा पुर्याउने गरी दुई अध्यक्षबीच छलफल सुरु भएको बताइएको छ । यसअघि आइतबार बस्ने भनिए पनि अध्यक्ष दाहाल व्यस्त रहेकाले भेटवार्ता हुन सकेको थिएन ।

ओलीको सचिवालयका अनुसार पार्टी एकतालाई सकेसम्म चाँडो, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने गरी छलफल हुनेछ । ७ असोजमा एकता घोषणापछि दुवै पार्टीका अध्यक्षबीच दुई दर्जनभन्दा बढी भेटघाट र छलफल भइसकेको छ ।

पछिल्लोपटक २५ माघमा ललितपुरको मानभवनस्थित एक घरमा भएको छलफलमा माओवादी अध्यक्ष दाहालले पार्टी एकीकरणपछिको नेतृत्व टुंगो लगाएर एकतालाई निर्णायक मोड दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो । यसैविषयमा आज थप छलफल हुने नेताहरुले बताएका छन् ।नेपालवाणीबाट