३ दिने हस्पिटालिटी कुक तालिम सम्पन्न

मधुपौडेल,

बाँके,असार,१२-

बाँकेको नयाँ गाउँ होमस्ट्रेमा ३ दिने हस्पिटालिटी र कुक तालिम आज सोमबार सम्पन्न भएको छ ।सम्बृद्धिका लागि पर्यटन सञ्चार अभियान भन्ने मुल नारा का साथ नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग तालिमको आयोजना गरिएको थियो ।

३ दिने तालीममा सहभागीहरु

पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ नयाँगाउँ होम स्ट्रेमा त्यहाँका सञ्चालक तथा सदस्यहरुलाइ लक्षित गरी ३ दिने आतीथ्य संस्कार अर्थात हस्पिटालिटि र कुक सम्बन्धी तालिम दिइएको हो ।

तालिममा होमस्ट्रेमा पाल्ने पाहुनाहरुलाई कसरी स्वागत सत्कार गर्ने, पाहुनाहरुलाई कसरी स्थानिय स्वादहरु पस्कने, स्थानियहरुको माग अनुसारको खानेकुरा पकाउने तरीकाका विषयमा प्रशिक्षण दिइएको संघका उपाध्यक्ष कृष्ण वलीले जनाकारी दिनु भयो ।

कार्यक्रममा सहभागिकहरुले आफुहरु पहिला पनि तालिम लिएको तर त्यसमा सैधान्तिक कुरा बढि गरीएको हुदा“ विगतका तालिमलाई त्यत्ति व्यवहारीकता दिन नसकिकाले सैद्धान्तीक भन्दा प्रयोगात्मक तालिम हुनुपर्ने बताएका थिए ।

तालिमको सहजिकरण पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्मा, होटल अर्गनाइजेसन बाँकेका वरिष्ठ उपाध्यक्ष उमा गा्रन्डेन लगायत स्थानिय प्रशिक्षक गर्नुभएको थियो । कार्यक्रमको समापन संघका अध्यक्ष अमृता केसीको अध्यक्षमा भएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव मधु पौडेलले गर्नु भएको थियो ।

तालिमको समापनका दिन सोमवार सहभागिहरुले आफुले सिकेको सिपको प्रयोग गरी उपस्थिति सबैलाई खानाको स्वाद चखाएका थिए । अतिथिको सत्कारका लागि स्थानिय स्तरमा उत्पादन भएको थारु नृत्यको पनि प्रदर्शन गरीएको संघका सदस्य विमला चौधरीले जनाकारी दिनु भयो ।