फुटपाथको पसल हटाएपछि व्यापारीद्धारा नेपालगन्ज उपमहानगपालिका कार्यालय घेराउ

नेपालगन्ज,असोज,१२

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सुर्खेतरोडको फुटपाथमा राखिएका ठेला, पसलहरु हटाउन शुरु गरेको छ ।

कार्यबाहक नगर प्रमुख उमा थापा मगरको नेतृत्वमा सो अभियान शुरु गरिएको हो ।

नर्सिङ होम अगाडी अभियान शुरु गरिएको केही समयमै फुटपाथमा बसेर व्यापार गर्नेहरुले सो कार्यको बिरोधमा उपमहानगरपालिका घेराउ गरेका थिए ।

कार्यवाहक मेयर थापाले नगरलाई व्यवस्थित फुटपाथ पसल हटाउने अभियान थालिएको बताउनु भयो।