भन्सार छलेर ल्याएको अवैध औषधी सशस्त्र प्रहरीद्धारा बरामद

नेपालगन्ज ,असोज,१०-

भन्सार छलेर नेपालगन्ज ल्याइएको करीब ८५ हजार मूल्य बराबरको अवैध औषधीे सशस्त्र प्रहरीले नेपालगन्जवाट बरामद गरेको छ।

बिभिन्न कम्पनीका नक्कली औषधी नेपालगञ्ज उपमहानगरपालिकाछ१५ बाट सशस्त्र प्रहरीले आज बिहान ५ बजे बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल कालाबञ्जरबाट खटिएको प्रहरी निरीक्षक गणेशकु’मार सिँह नेतृत्वको टोलीलाई देखेर बोरामा रहेको औषधी तस्करकहरुले फालेर भागेका थिए ।

बरामद गरिएको औषधी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बु’झाइएको प्रहरी निरीक्षक सिँहले बताउनु भयो ।