कोरोनाबाट थप ९ जनाको मृत्यु, १७ सय १४ संक्रमित

काठमाडौं,माध,२२-नेपालमा थप ९ जनााको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७१ जना संक्रमणमुक्त हुँदा अहिलेसम्म निको हुनेको संख्या ९ लाख ६ सय ३९ पुगेको छ ।देशभर अझै ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

जसमध्ये २ सय ५१ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा छन् ।देशभर आज ५ लाख ८८ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।