ज्ञानोदय मा-वि-द्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र, २५-
बाँके जिल्लामा रहेको ज्ञानोदय बिद्या निकेतन माध्यमिक विद्यालयद्वारा नेपालगन्जले अाफना बिद्यालयमा अध्यापन गराउनु हुने शिक्षक ,शिक्षिका, र कर्मचारीहरुलाई तिज मिलन मार्फत शुभकामना अादान प्रदान र तिज मिलन कार्यक्रम गरेको छ ।

अाज एक कार्यक्रम गरेर बिद्यालयले शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई दर खुवाएक‍ो थियो ।उक्त कार्यक्रममा नाचगान गरेर रमाइलो गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालक यसै बिद्यालयमा अध्यापन गराउनु हुने शिक्षक अभि खनालले गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयका शेयर सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।