सर्वोच्च शिखर सगरमाथाको उचाइ फागुनमा नापिने

काठमाडाै,मंसिर,७-

सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ ।

सगरमाथा

मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ ।सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग भएका केन्द्र थिए । अन्य चार वटा नयाँ प्वाइन्ट निर्धारणा गरिएको छ ।

पुस माघको समयमा हिउँ पर्ने भएकाले फागुनबाटै अथवा हिउँ लाग्ने समय सकिएपछि मापन कार्य सुरु हुने बताइएको छ । अाजकाे नेपाल समाचारपत्रमा खवर छ ।