नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको आज सर्वोच्च आदलतले आज फैसला सुनाउँदै

काठमाडौं, चैत ८ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदलतले मंगलबार फैसला सुनाउँदै छ ।
प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि आज फैसला गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

मुद्दामा सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठी र सहन्यायाधीवक्ता टीकेन्द्र दाहालले बहस गर्नुभएको थियो । नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यस्तै आफू वरियताको १ नम्बरमा रहेको भन्दै नवराज सिलवालले पनि रिट निवेदन दिनुभएको थियो । त्यसमा पनि अदालतले अल्पकालीन आदेश दिएको थियो । सभार उज्यालो अनलाईबाट