सन्चार्कर्मी सिर्जना बर्देवा र गायक राम सारु मगर लुकिछिपी पिरती लगायको खुलासा

काठमाण्डौं,चैत्र ७-
सन्चारकर्मी सिर्जना बर्देवाको सुमधुर स्वरमा रहेको “अब बनाउ दिलमा हाम्रो सानो घर” नामक गितको म्युजिक भिडियो  सार्बजनिक भएको छ । बिगत केहि समय अगाडि देखी गितसंगितमा निरन्तर लागि रहेकी नब गायिका तथा सन्चारकर्मी बर्देवा खोटाङको राखाबाङ्देल दुई भदौरेमा जन्मीनुएको हो ।

Ram Saru Magarधेरै लोकगितहरुमा स्वर दिदै आएकी बर्देवा लाई यस गितमा गायक राम सारु मगरले साथ दिएका छन ।त्यस्तै यस गितको लय तथा शव्द सिर्जना भरत काम्भु मगरले गर्नुभएको हो ।साथै यश म्युजिक भिडियोमा चर्चित मोडेल पार्वती राई र ओम श्रेष्ठको अभिनय रहेको छ त्यस्तै सागर गौतमको छायांकन ,काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अभिनाश डिशीको सम्पादन रहेको छ ।

प्रियसि म्युजिक प्रा।लि।ले बजार व्यवस्थापन गरेको सोहि भिडियो प्रियसि म्युजिक प्रा।लिकै युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।सन्चारकर्मी सिर्जना बर्देवा यस बिहानी अनलाईनको संवाददाताको रुपमा पनि काम गर्दै आउनुभएको छ ।

सन्चार्कर्मी सिर्जना बर्देवा र गायक राम सारु मगरको साँगितीक यात्रा अझै राम्रो हुँदै जाओस हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै प्रगतीको शुभकामना छ ।।