नेपाल कम्युनिस्ट पार्टीद्वारा बांकेमा दिप प्रज्वलन

के-पी-घिमिरे/ 
नेपालगन्ज, जेष्ठ,४-
नेपाल कम्युनिस्ट पार्टीले अाज बांकेमा दिप प्रज्वलन लगायत विविध कार्यक्रम गरी खुसियाली मनाएको छ ।एकिकृत नेपाल कम्युनिष्ट पार्टी माअोवादी केन्द्र र ने-क-पा- एमाले एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी भएको खुसियालीमा अाज बांके जिल्ला नेपालगन्जको पार्टी कार्यलयमा दिप प्रज्वलन, सांस्कृतिक र साहित्यिक कार्यक्रम गरिएको छ ।

अाज साझ ५:३० बजे पहिलेको एमाले पार्टी कार्यालयमा कमरेड अशोक कोइरालाको अध्यक्षतामा, बांकेका प्रदेश सभा सदस्य कमरेड अाइ-पी- खरेल अतिथि , प्रदेश सभा सदस्य कमरेड कृण्णा के-सी- अतिथि, प्रदेश सभा सदस्य डा- बाबुराम गौतम अतिथि लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा सांस्कृतिक महासंघका अध्यक्ष कमरेड दोर्ण थापाले स्वागत मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा विभन्न साहित्यिक गजलहरु प्रस्तुतका साथै सांस्कृतिक कार्यक्रम देखाइएको थियो । कार्यक्रमको संन्चालन कमरेड कविन्र्द भट्टराई र लेख राज प्याकुरेलले संयुक्त रुपमा गर्नु भएको थियो ।