सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्षद्वारा नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग

मिलन मगर/

फुकुओका,जापान,२६-

सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह  मडैले नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ ।

बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूलाई पोशाक, झोला र कापीकलम वितरण गर्नु भएको हो ।

बिहिबार रौलेश्वर मा. वि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

१२ बर्ष अगाडी स्वर्गीय हुनुभएका बुवा गणेश मडैको सम्झनामा विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुवा गुमाएका ३६ जना बालबालिकालाई पोशाक ,झोला र कापीकलम वितरण गरिएको अध्यक्ष मडैले जानकारी दिनुभयो ।

उक्त सामान स्वर्गीय गणेश मडैका श्रीमती जयमती मडैले वितरण गर्नु भएको थियो । स्वर्गीय बुवाको सम्झनामा उक्त विद्यालयमा गत बर्षदेखि पोशाक, झोला र कापीकलम वितरण गरिदै आएको छ ।

अध्यक्ष मडैले १२ वर्ष पहिलाको क्षण सम्झिदै “भन्नुभयो” अहिलेनि धेरै दुख लाग्छ मम्मीले हामीभाईवाहिनीहरू लाई केहिको पनी कमीहुन दिनु भएन तर पनी त्यो पिडा जुन मैले बाल्यकालमा जेल्दै आएको थिए ।

त्यहि पिडालाई सम्झेर टुहुरा अनाथ वालवालिका देख्दा त्यो बेलाको वाल्यकालको याद आउछ, मैले गरेको सानो सहयोगले ति वालवालिकाहरुको उज्वल भविश्यका निम्ती केहि मद्दत पुग्ने विश्वासले नै उक्त सामान वितरण गरेको  अध्यक्ष मडैले बताउनुभयो ।

बिहिबार वितरण गरिएको सामान अध्यक्ष मडैको बहिनी मुना मडै लगायत आमा तथा बुवा गुमाएका ३६ जना अनाथ बालबालिकालाई सो सामग्री वितरण गरिएको थियो ।