अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ: नेपाल

माधव नेपल र सुर्य थापा विच सामाजीक संजालमा जुहारी !!

काठमाण्डौं,असार,२८-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाच्च अदालत विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनु भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा  निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ जना मात्र भएको भन्दै माधव नेपाल समूहका २३ सांसद पार्टी सहमतिमा आएको अभिव्यक्ति दिएपछि  नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको स्ष्टीकरण दिनुभएको हो। 

नेता नेपालले संसद पुनस्र्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा गरिएको हस्ताक्षरबाट आफूहरु पछि नहटेको बताउनु भएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको भन्दै नेता नेपालले आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नु भएको छ।

पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा भएको १० बुँदे सहमतिमा प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने उल्लेख गरिएको छ। यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सभापति देउवाको साथमा अब १ सय २३ जना मात्रै निवर्तमान सांसद रहेको भन्दै सामाजिक संजालमा लेखेपछि त्यसको जवाफमा नेता नेपालले फेसबुक स्टाटस लेख्दै सहमतिको गलत व्याख्या गरिएको बताउनुभयो।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ। यो ब्याख्या गलत र अस्वीकार्य छ।’ नेता नेपालले लेखेका छन्। ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पार्दछौं।’

नेता नेपालको स्पष्टीकरणपछि प्रधानमन्त्रीका सल्लाहकार थापाले अर्को स्टाटस लेख्दै आफूले कांग्रेस सभापति देउवालाई लक्षित गरेर लेखेको तर जवाफ अन्यत्रैबाट आएको उल्लेख गरेका छन्। नेता नेपालको प्रष्टिकरण अदालतको निर्णय प्रभावित पार्न र देउवालाई आश्वस्त पार्न आएको थापाको आरोप छ।