लैगिंक हिंसा बिरुद्धको १६ दिवशिय अभियानमा सञ्चारकर्मी र समुह अगुवाको सम्मान

अराज सिहं बेल्बासे
कपिलवस्तु, मंसिर २० – लैगिंक हिंसा बिरुद्धको १६ दिवशिय अभियान २०७३ का अवसरमा कपिलवस्तुमा सञ्चारकर्मी र समुहका अगुवाको सम्मान गरिएको छ । साथी संस्थाको कपिलवस्तु शाखा अन्र्तगत सञ्चालित आस्था परियोजनाको आयोजनामा तौलिहवामा सम्मान गरिएको हो । लैगिंक हिंसा न्युनिकरणका लागी सञ्चार माध्यमबाट समाचार संप्रेषण गरी सचेतना प्रवाह गरेकोमा सञ्चारिका समुहकी जिल्ला अध्यक्ष पार्वती पाण्डेलाई नगद ५ हजार रुपैया सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सञ्चारकर्मी र समुह अगुवाको सम्मानकार्यक्रममा पुरुष सहयात्री समुहका हर्दौनाका सदस्य बिजयप्रताप गुप्ता, सौराहाका सदस्य जिेतन्द्र मिश्र र सिहोखोरका सदस्य प्रमात्मा यादव तथा लैगिंक हिंसा नियन्त्रण समिती सोराहाकी सदस्य प्रतिमा पाण्डेय, हर्दौनाकी सदस्य उर्मीला मिश्र र सिहोखोरकी सदस्य बिमला रैदासलाई लैगिंक हिंसा न्युनिकरणमा समुदायस्तरमा उदाहरणीय भुमिका खेले बापत सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सञ्चारकर्मी र समुह अगुवाको सम्मानकार्यक्रममा स्थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपाने, जिबिसका सामाजिक बिकास अधिकृत तथा  आस्था परियोजना अनुगमन समितीका संयोजक बासुदेव जमरकट्टेल र साथी आस्था परियोजनाका केन्द्रिय व्यवस्थापक ईमान बहादुर सुनारले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै सम्मानित सञ्चारकर्मी पार्वती पाण्डेले सञ्चारकर्मी सम्मानको कार्यलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिएकी थिईन । उनले सञ्चारकर्मी र समुहका अगुवाको सम्मानले हिंसा रोक्ने अभिायानलाई थप प्रभावकारी बनाउन उत्प्रेरणा प्रदान गरेको बताईन ।

सञ्चारकर्मी र समुह अगुवाको सम्मानसो अवसरमा बोल्दै गैसस महासंघका जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तबले जिल्लाको दक्षिणी गाबिसमा आस्था परियोजना सञ्चालन गरि पुरुष परिचालन गरेर हिंसा रोक्ने निती अबलम्बन गरिनु नमुना कार्य भएको बताए । लैगिंक हिंसा रोक्ने अभियानलाई सञ्चार माध्यमले प्राथमिकतामा राख्ने पत्रकार महासंघका शाखा सभापति बसन्त गिरीले प्रतिबद्धता जनाए ।सो अवसरमा बोल्दै स्थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपानेले साथी संस्थाले लैगिंक हिंसा न्युनिकरणका लागी उदाहरणीय कार्य गर्दै आएकाले कार्यक्षेत्र बिस्तार गर्न सुझाव दिए । जिबिसले लक्षित बर्गको बजेट बिनीयोजनको प्रक्रियामा महिलाका क्षेत्रमा बजेट बिनीयोजनलाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरे