खजुरा महोत्सवमा नायक अनमोल केसीले पाए २४ हजार दर्शकहरुको साथ

नेपालगन्ज,माघ,२७-
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा चौथो दिन आज आइतबार मेघा स्टार अनमोल केसीको उपस्थिति रहेको थियो।

चर्चित गीत “रहर छ सङ्गै” गीत बजिरहँदा अभिनय गर्दै स्टेज उक्लेका नायक केसीलाई देख्ने बित्तिकै दर्शकहरुले अत्याधिक तालिले स्वागत संगै हुटिङ्ग गरेका थिए। 

नायक केसीले होस्टेल चलचित्रको डाईलग सुनाउनुको साथै फाल्गुन १७ गते पर्दशनिमा आउन लागेको चलचित्र क्याप्टेनको चर्चित गीत रहर छ सङ्गै गाएर सुनाएका थिए।आयोजकका अनुसार नायक अनमोल केसीलाई हेर्न करिव २४ हजार दर्शकहरुको     उपस्थिति   रहेको थियो।

महोत्सवमा नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो। साथै मेलाको पाँचौ दिन माघ २८ गते सोमबार चर्चित नायक भुवन केसी र नायिका निरुता सिङ आउने प्रचारप्रसार उपसमितिका सदस्य खगेन्द्र दाहलले बताए।माघ २४ गते देखि सन्चालनमा आएको महोत्सव फाल्गुन ५ गते सम्म लाग्ने छ।