चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

माइक्रोबस दुर्घटना हुँदा अन्य चार जना घाइते

चितवन,मंसिर,६-रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए ।

५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा ४ ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएका छन् । विश्वकर्माको गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो ।

३५ वर्षका महाबिरलाई बिहान ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ । 

चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् । पछिल्लो समय  दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

विश्वकर्माको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। पोष्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रहरीले बताएको छ।