होलिको अवसरमा पत्रकार र स्थानिय युवा समुहबिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता हुँदै

नेपालगन्ज,चैत्र,०५-
होलिको अवसर पारेर आदर्श युवा वचत समूह खजुराको आयोजनामा चैत्र ७ गते बिहिवार बाँकेको खजुरामा पत्रकार र स्थानिय युवा समुहबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ।

पाँच हजार रासि रहेको उक्त प्रतियोगिता पत्रकार र स्थानिय युवा वचत समुहबिच मात्रै हुनेछ। प्रतियोगिताको लागि बाँकि तयारि भैरहेको आदर्श युवा वचत समुहका सचिव सुवास निरौलाले जानकारी दिए।

समुहले आयोजना गरेको प्रतियोगितामा जर्सिको लागि नेपालगन्जमा रहेको कान्तिपुर कलेक्सनका प्रोपाइटर बिमल ढकालले सहयोग स्वरुप समुहलाई आज(मंगलबार ) प्रदान गरेका छन।

रंगहरुको पर्व होलिको शुभकामना आदान प्रदान सहित प्रतियोगिता सव्य अनि भव्य तरिकाले सम्पन्न गरिने पनि सचिव निरौलाले बताए।