आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने मैदानमा दुबो लगाउने काम सकियो

नेपालगन्ज,चैत्र,०५-
नेपालगन्जमा सम्पन्न हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारीएको छ ।

तयारिका साथसाथै प्रतियोगिताको लागी नेपालगन्ज रङशालाको निर्माण कार्य धमाधम भैरहेको छ। निर्माणका क्रममा मंगलबार फुटबल खेल मैदानमा दुबो लगाउने काम समेत सकिएको छ ।

केहि दिन पहिले पनि लगाइएको दुबोमा थप गर्दे आज खेल मैदानलाई पुग्ने गरी लगाइसकिएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलिले जानकारी दिनुभयो । पहिले लगाइएका बरमुडा घाँस केहि ओइलाएका कारण थप दुबो बांकि रहेको स्थानमा लगाइएको हो ।

दुबोलाई हराबरा बनाउन सिचाई लगाएत रेखदेख समेत भैरहेको आयोजकले जनाएको छ । बरमुडा घाँस (दुबो) सगै पुर्व पट्टि रहेको प्याराफिटमा रङ्गरोहन गर्ने काम पनि सकिसकेको अध्यक्ष बलिले बताउनु भयो । अध्यक्ष वलिले भन्नुभयो, ‘आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ चैतमै सञ्चालन गर्ने गरी अन्तिम तयारीहरु भैरहेको छ ।’ भिआइपि प्याराफिटको काम पनि धमाधम भैरहेकाले समयभित्रै तया%