शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम

बाँके,जेष्ठ,२४- 
त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुले मन्त्री राईसंग क्याम्पसमा कानुन संकायको छुट्टै भवन, पुस्तकालय र ईजलास हल बनाई दिनका लागि अनुरोध गरेका थिए ।

जसमा मन्त्री राईले अाफुले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा कानुन संकायको भवन र ईजलास हल छिटोभन्दा छिटो पहिलो प्राथमिकतामा राखेर निर्माण गर्नका लागि बजेट छुट्याउने प्रतिवद्दता व्यक्त गर्नु भएको थियोे ।उक्त ईद मिलन तथा भेटघाट कार्यक्रममा सभापतिको अासन ग्रहण कानुन संकाय प्रथम वर्षमा अध्ययनरत ७२ वर्षीय विद्यार्थी बलभद्र वलीले गर्नु भएको थियो ।

त्यसैगरी प्रमुख अतिथिमा माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, बिशिस्ट अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी , बिशिस्ट अतिथिमा समाजबादी पार्टी नेपालका बाँके संयोजक कमरुद्दिन अन्सारी , अतिथिहरुमा कानुन संकायका विभागीय प्रमुख निरन्जन ज्ञवाली , लोक बहादुर शाह ,ईश्वर पोखरेल , संजय थापा लगायतका रहनु भएको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य तथा बिद्यार्थीहरुका तर्फबाट भनाइ कानुन संकायमा अध्ययनरत विद्यार्थी डक्ट प्रसाद धितालले राख्नु भएको थियोे । मन्त्री राईसंग भेटघाट तथा ईद मिलनको व्यवस्थापन विद्यार्थी अम्विका काफ्लेले गर्नु भएको थियोे ।

कार्यक्रम सञ्चालन कानुन संकायमा अध्ययनरत बिद्यार्थी चक्र रावतले गर्नु भएको थियोे । अाजको कार्यक्रममा कानुन संकायमा अध्यापन, अध्ययनरत तथा अन्य व्यक्तिहरुको उल्लेख उपस्थिति रहेको कमल शाहीले बताउनु भयो ।