बर्दियामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

के-पी- घिमिरे/
नेपालगन्ज, जेष्ठ,१७-
बर्दिया जिल्लाको बासगढी नगरपालिका वार्ड नं २ उत्तर भकारी भन्ने ठाउमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो राति ७:३० बजे बासगढीबाट अाफनो पसल बन्द गरेर घर तिर अाउदै गर्दा उत्तर भकारी भन्ने ठाउँमा भे १ त ५००५ नं को टेक्टरमा भे ६ प- १४२४ नं को मोटरसाइकल एक अापसमा ठोक्किएर मोटरसाइकल चालक अर्जुन चौधरी र उनकी श्रीमती रमेश्री चौधरी र ७ महिनाको छोरा घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियोे । बाटोमा ल्याउदा ल्याउदै ७ महिनाको छोराक‍ो मृत्यु भएको र निजको श्रीमतीको उपचारका क्रममा राति मृत्यु भएको र मोटरसाइकल चालक अर्जुन चौधरी घाइते भएको तर उनी खतरा मुक्त रहेको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । टेक्टर चालक र टेक्टरलाई ईलाका प्रहरी कार्यालय बासगढीले अाफनो नियन्त्रणमा लिएको कुरा प्रहरी हवल्दार राजकुमार चौधरीले जानकारी दिनुभयो ।