लायन्स क्लब अफ नेपालगन्जद्वारा उज्यालो सहकारीमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज , जेष्ठ , २४-


लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविर गरेको छ।

सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाज(शुक्रबार ) नेपालगन्जको सेतु बि-क- चोक नजिकै रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाका पदाधिकारी तथा बचतकर्ताहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

लायन्स क्लबका कार्यसमितिका पदाधिकारी तथा प्राविधिक कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियोे । क्लबका अध्यक्ष ध्रुबराज शर्माको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष के-पी- घिमिरे ,सचीव दिपक कुमार गुप्ता, कोषाध्यक्ष सुमन गिरी, सदस्यहरु पुर्ण देव गिरी, हिरा खरेल, बसन्ता शर्मा , फनकला बस्याल, लगायतकाको सहभागी रहेको थियो ।

उक्त सहकारी संस्थासंग अाबद्द रहेका बचतकर्ता तथा पदाधिकारीहरुको डाइवेटिज सुगरको जाँच , ब्लड प्रेसर चेकजाँच गरिएको उक्त सहकारी संस्थाकी अध्यक्ष हिरा खरेलले बताउनुभयो ।

क्लबले उक्त सहकारीमा ५५ जना जतिको स्वास्थ्य परिक्षण गरेको क्लबकी कोषाध्यक्ष सुमन गिरीले बताउनु भयो । उक्त सहकारीमा अाएर यसरी लायन्स क्लबले निशुल्क स्वास्थ्य चेकजाँच गरेकोमा सहकारीकी सचीव बसन्ता शर्माले क्लब परिवारलाई धन्यवाद दिनु भएको थियोे ।

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले विभिन्न क्षेत्रमा यस्तो कार्यहरु गर्दै अाईरहेको क्लबका सचिब दिपक गुप्ताले बताउनुभयो ।
उक्त स्वास्थ्य चेकजाँच गर्न नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत कर्मचारीहरु कविता गिरी , जानुका कंडेल , सुमन गिरी लगायतले सहयोग गरेका थिए । उक्त कार्यक्रम लायन्स क्लबको अायोजना र उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह अायोजकमा उक्त कार्यक्रम गरिएको क्लबका अध्यक्ष ध्रुवराज शर्माले बताउनुभयो ।