थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं,भदौ,१२-शनिवार पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

त्यस्तै सोही अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ पुगेको छ । यसैगरी, शनिवार २ हजार २२२ जना निको भएसँगै हालसम्म ७ लाख १० हजार ४५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।