एमओसीको पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

 बाँके,फागुन २२-

मध्यपश्चिमकै सर्वाधिक चर्चित र पुरानो रेडियो कार्यक्रम म्युजिक अन च्वाइस (एमओसी) रिलोड़ेडले आफ्नो श्रोता र शुभेक्छुकहरुसंग भेटघाट कार्यक्रम गरेको छ ।

नेपालगञ्जमा रहेको रेडियो एक्सप्रेस एफएमबाट प्रसारण हुँदै आईरहेको कार्यक्रम एमओसी रिलोडेडले यो पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम गरेको हो ।

२०७३ फाल्गुन २१ गते शनिबार नेपालगंजको ओम रिसोर्ट एण्ड पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बाँके , बर्दिया , सुर्खेत र कास्की जिल्ला समेत गरी ५० भन्दा बढी श्रोताहरुको उपस्थिती रहेको कार्यक्रम प्रस्तोता समिर मान श्रेष्ठले बताउनु भएको छ ।

उक्त कार्यक्रममा विभिन्न मनोरन्जनात्मक र जानकारीमुलक खेलहरु समेत संचालन गरी श्रोताहरुलाई पुरष्कृत समेत गरिएको थियो । कार्यक्रममा स्थानिय चर्चित सांगीतिक समूह आवाजले आफ्नो प्रस्तुती दिएका थिए ।

नेपालको रेडियो ईतिहासमा एकजना कार्यक्रम सञ्चालकले एउटै कार्यक्रम निरन्तर १२ बर्षसम्म सञ्चालन गरिरहेको यस क्षेत्रमै यो पहिलो र एकमात्र कार्यक्रम भएको प्रस्तोता श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमले अहिले सम्म ४४१०औं शृंखला पुरा गरिसकेको छ । मनोरञ्जनात्मक यो कार्यक्रम सुन्ने श्रोताहरुले चर्चित फेसबुक फ्यान ग्रुप एमओसी फ्यान ग्रुप समेत चलाउँदै आएका छन् ।

यो कार्यक्रममा श्रोताको फोन, एसएमएस, फेसबुक म्यासेज, गाउँ खाने कथा, सामान्य ज्ञान तथा दिमाग खियाउने खालका प्रश्नहरु सोधी श्रोताहरुलाई पुरस्कृत समेत गर्ने गरिएको कार्यक्रम प्रस्तोता श्रेष्ठले बताउनुभयो ।

२०६१ साल मंसिर ३ गतेबाट सुरु भएको कार्यक्रम यस क्षेत्रकै सर्वाधिक लोकप्रिय र चर्चित मानिन्छ । यो कार्यक्रम नेपालगञ्ज आसपासमा रेडियो एक्स्प्रेस र विश्वभर इन्टरनेट अनलाइन www.bihanionline.com बाट पनि सुन्न सकिन्छ ।