भाइराजा क्रिकेटको उद्घाटन खेलमा यूनाईटेड भिजन कोहलपुर विजयी

बाँके,फागुन २२-नेपालगंजमा शनिबारबाट शुरु भएको स्व रणेन्द्र बहादुर हमाल भाइराजा प्रतीगीतको उद्घाटन साँसद मैकुलाल बाल्मिकीले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले प्रतीयोगिताको उद्घाटन गर्नु भएको छ । उद्घाटन खेलमा युनाईटेड भिजन कोहलपुरले घरबारी टोल युवा क्लबलाई ५ रनले पराजित गरेको छ ।

टस जितेर पहिलो व्याटिङ रोजेको युनाईटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । युनाईटेडका संदीप नेपालीले ३६ रन ,सागर शाहीले २६ रन र सुजित आचार्यले २० रन बनाए । घरबारी टोलका सौरभ पाण्डेले ३ तथा अमर श्रेष्ठले २ विकेट लिए । प्रती उत्तरमा १ सय ८७ रनको विजयी लिएर मैदानमा उत्रीएको घरवारी टोलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएपछि ५ रनको झिनो अन्तरले खेल गुमाउनु परेको थियो ।