बर्दियाको राजापुरमा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न

डम्मर थापा,
बर्दिया,फागुन २१-
बर्दियाको राजापुर अमर शहिद बहुमुखि क्याम्पसमा आज  स्रष्टा जीवराज पाण्डे र मधु साश्रुका रचना बाचन तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको स्वागत मन्तव्य  स्याम सराबिले गरेसंगै सहभागीले आफ्ना रचना बाचन गरेर सुनाएका थिए । यस्तै कार्यक्रममा रचना वाचन गर्नेहरुमा कमल बडुवाल, बाबु देबकोटा, पुर्ण समिर महतरा, छबिलाल कोपिला, श्रिधर भण्डारि,पहल असीम थापा,  दुर्गा जोशी, अनुपमा करारा बिबश लगायत २० जना स्रस्टाहरुले आ आफ्ना रचनाहरु बाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा बिशेष रचना बाचनमा जीवराज पाण्डेका ७ वटा बिभिन्न शिर्षक र लय मा निकै सुरिलो, मिठो भाकामा उहाँले आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो । यस्तै आजको कार्यक्रमबाट  सम्मानित हुनुभएका  ज्ञानुवाकर पौडेलले  अहिलेको अबस्थामा गजल क्षेत्र एकदम बिकसित हुँदै गएको र पहिलेका गजल भन्दा अहिलेका गजलहरु निकै गुणस्तर भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो गजल कबिता भन्दा फरक छैन न त  कबिता गजल भन्दा फरक नै छ, हामीले जैहिले पनि गजल र कबितालाई एउटै सोच्नु पर्छ, जसरि समुन्द्रको छाल र समुन्द्रको नाम फरक भएपनि त्यो समुन्द्रनै रहने बताउनुभयो । उहाँका अनुसार नेपाली गजल भलै अहिले को अबस्थामा बिकसित भएतापनि गुणस्तरको कमि र हामीमा साधनाको एकदमै कमि रहेको कुरा पनि औंल्याउनुभएको छ । कार्यक्रममा खगेन्द्र गिरी कोपिला, हरिप्रसाद तिमिल्सैनाले पनि मन्तव्य राख्नु भएको थियो ।

राजापुर साहित्यिक प्रतिष्ठान राजापुर बर्दियाको आयोजनामा गरिएको उक्त कार्याक्रमको प्रमुख अतिथीमा  हरिप्रसाद तिमिल्सैना,सभाध्यक्षमा जे।बि अनुरागी ,बिशिष्ठ अतिथीमा खगेन्द्र गिरि कोपिला यस्तै अतिथीहरुमा छबिलाल कोपिला, धिरेन अनुपम , पुर्ण समिर महतरा, प्रदीप भट्टराई, महानन्द ढकाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा दाङ, कैलाली, बाँके लगायत बिभिन्न जिल्लाहरुबाट साहित्यकारहरुको उपस्थिती रहेको थियो ।