नासाले पठाएको यान ५ वर्षपछि वृहस्पतिको कक्षमा पुग्यो

एजेन्सी : मानवरहित अन्तरिक्षयान ‘जुनो’ वृहस्पति ग्रहको कक्षमा घुम्न सुरु गरेको नासाले बताएको छ ।

फ्लोरिडाबाट ५ वर्ष पहिला प्रक्षेपण गरिएको ‘जुनो’ नामको अन्तरिक्ष यान वृहस्पतिको कक्षमा पुगेको नासाले जानकारी दिएको हो । वृहस्पतिमा पुग्नका लागि ‘जुनो’ले २ अर्व ७ करोड किलोमिटरको दूरी पार गरेको थियो । यो मिशनमा १ अर्व १० करोड अमेरिकी डलर खर्च भएको थियो ।

उक्त यान वृहस्पतिको कक्षमा प्रवेश गरेपछि नासाको प्रयोगशालाबाट ‘वृहस्पतिमा स्वागत छ’ भन्ने आवाज आएको थियो । यो सफलतापछि वैज्ञानिकहरु निकै उत्साहित भएका छन् । अव ‘जुनो’ले वृहस्पतिको अध्ययन गर्ने तथा पृथ्वीमा जीवका लागि यो ग्रहले पारेका प्रभावलाई हेरिने वैज्ञानिकले बताएका छन् ।