बाँकेमा १४ गते उम्मेदवारसंग सर्वसाधरणले अन्तरक्रिया गर्ने

नेपालगञ्ज, मंसिर,११-
प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ बनाउन उम्मेदवारीबीच “मेरो मत तपाईलाई किन ?” भन्दै अन्तक्र्रियात्मक “ककस कार्यक्रम” यही १४ गते बिहीबार नेपालगञ्जमा हुने भएको छ ।

आचारसंहिताको पालना, मतदाता सचेतनामा केन्द्रित हुँदै प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्न बाँके क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवारहरुबीच यही १४ गते “ककस कार्यक्रम” आयोजना हुन लागेको हो ।

नेपालगंज जेसीज र नेपालगंज जुनियर जेसीजको संयुक्त आयोजनामा हुने “ककस कार्यक्रम” बाट मतदाताले उत्कृष्ट उम्मेद्वार छनौट गर्न र उम्मेदवारले आफ्नो प्रस्तुतीद्वारा मतदातालाई आकर्षित गर्न पाउने अवसर एक साथ जुट्नुका साथै यस क्षेत्रमा चौतर्फी विकासको सम्भावनालाई समेत दिशानिर्देश हुने बिश्वास रहेको नेपालगञ्ज जेसीजका संचार संयोजक भीष्म लोधले जानकारी दिनुभयो ।

नेपालगञ्ज त्रिभुवन चोक, पुर्व लाईनमा दिउँसो १ बजे हुने ककस कार्यक्रममा उम्मेदवारले प्रस्तुत गर्ने आफ्ना ऐजेण्डा, भावी योजनाबारे जानकारी लिन सर्वसाधारणलाई उपस्थितिका लागि आग्रह गरिएको छ । सामाजमा रहेका बिबिध बिषयलाई समुदायसम्म पु¥याउन नेपालगञ्ज जेसीजले प्रत्येक वर्ष ककस कार्यक्रम गर्दै आएको अध्यक्ष बिशाल बिक्रम बर्माले जानकारी दिनुभयो ।