नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, ५४८ जना संक्रमित

काठमाडौं,जेठ,१०-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ ।

नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना रहेका छन् ।

यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर ६ का १ जना रहेको स्वास्थ्य मन्त्रालयका डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।