मिलन मगरको संयोजकमा निजगढ काठमाडौं सम्पर्क समिती गठन

काठमाण्डौं,जेठ,१०-मिलन मगरको संयोजकत्वमा गएको बुधबार निजगढ काठमाडौं सम्पर्क समिती गठन गरिएको छ । कुनै पनी बेला आउने दैविक प्रकोप, आपत बिपत अन्य मानब जिवनमा भैपरि आउने समस्यालाई सहयोगार्थका निम्ती समिती गठन गरिएको थियो ।

दिलिप बडालको अध्यक्षतामा बसेको उक्त समितीको बैठकले संयोजकमा मिलन मगर यस्तै सह-संयोजकमा बिजय लामा थिङ्,
सदस्यहरुमा,ससी वाइबा, अर्जुन घिमिरे, सुरज पाण्डे लाई चयन गरेको थियो ।

समितीले गरेको विभिन्न निर्णयहरुमा संस्था दर्ता गर्ने, प्रथम भेला गर्ने ,रक्तदान कार्यक्रम गर्ने आपत बिपतमा साहयोगार्थ् कोष खोल्ने सम्बन्धमा निर्णय पनी गरेको थियो । समितीले गरेको निर्णय अनुसार संस्थाको नाम निजगढ-काठमाडौं सम्पर्क समिती हुने उक्त संस्थालाई जिल्ला प्रसासन कार्यलय बारा अथवा काठमाडौं जिल्लामा दर्ता गर्ने निर्णय गरेको थियो ।

आगामी दिनमा समितीले कोभिड १९ कोरोना भाईरस रोग नीयन्त्रण भएपछी प्रमुख ब्यक्तीको आतिथ्यमा प्रथम भेला गर्ने पनी निर्णय गरेको थियो । यस्तै उक्त समिती गठन गर्नुको मुख्य उद्देश्य नेपाल अथवा विदेशमा भएका निजगढ नगरबासीलाई भैपरि आएको खण्डमा सहयोग गर्ने समाजमा अनैतिक किसिमको कृयाकलापलाई अन्त्य गर्ने गरी खोलिएको समितीले जनाएको छ ।

यसैबिच : समितीका सह-संयोजक बिजय लामा थिङ्ले सम्पूर्ण निजगढ नगरबासी लगायत सहयोगि मनहरुलाई सहयोगको लागि अपिल गर्दै संस्था कुनै पनि राजनीति पार्टीसंग आबद्ध नरहेको प्रष्ट पार्नु भएको थियो ।