तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्यो

भक्तपुर,पुस,१६-

पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । बाध्यतावश जबर्जस्तीरुपमा लागु गरिएको अंग्रेजी माध्यमले विद्यार्थीहरुको सिर्जनशीलता मारेको उनीहरुको गुनासो थियो ।

कार्यक्रममा बोल्ने अधिकांश प्रधानाध्यापकहरुले अंग्रेजी माध्यम लागु गरिएपनि पुराना शिक्षकहरुले वास्तवमा अंग्रजीमा पढाउनै नसकेका अनुभव सुनाएका हुन् । प्रधानाध्यापकहरुले एकातिर अंग्रेजी माध्यमले पुराना शिक्षकहरुलाई सास्ती दिएको र अर्कोतर्फ विद्यार्थीहरुलाई घोकन्ते शिक्षातर्फ उन्मुख गराएको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले अभिभावकको अत्याधिक चाहनाले विद्यालयहरुले अंग्रेजी माध्यममा पठन–पाठन शुरु गरेपनि सोही अनुसार शिक्षक व्यवस्थापन गर्न नसक्दा त्यति प्रभावकारी हुन नसकेको बताए । मिश्रले अभिभावकको चाहना अंग्रेजी भएपनि शिक्षक र विद्यार्थीको क्षमतामा सुधार नआएसम्म त्यसलाई प्रभावकारी बनाउन नसकिने आफ्नो अनुभव सुनाए ।सबै शिक्षकमा समस्या छैन केहीमा समस्या देखिएका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने भनेर नगरले तयारी गरिरहेकोसमेत मिश्रले जानकारी दिए ।

यस्तै, मध्यपुर नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अंग्रेजी भाषा मात्र भएपनि यसलाई गुणस्तरकै मानक मान्दा विद्यालयहरुमा समस्या देखिएका बताए । अभिभावककै चाहना भन्दै प्रारम्भिक बालविकास देखि नै बालबालिकालाई अंग्रेजी माध्यम लाद्नु उपयुक्त नभएको भन्दै उनले आवश्यकता र क्षमता अनुसार मात्रै अंग्रेजी माध्यम लागु गर्न विद्यालयहरुसुँग आग्रह गरे । माध्यम जुन भएपनि विषयवस्तुको शिक्षण सिकाइमा गुणस्तरीयता आउनुपर्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिए ।

भने माध्यमले भन्दा पनि विद्यालय व्यवस्थापन र विद्यालयका प्रअको जिम्मेवारीले विद्यालय राम्रो हुने र विद्यार्थी गुणस्तर र संख्या राम्रो हुने बताए । ‘सरकारले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएता पनि शिक्षक छनोट र विद्यालयको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नदिएसम्म विद्यालयका विषयमा स्थानीय पालिकालाई मात्र दोषी ठहराउन सकिदैन,’ उनले भने ।

लाई रोक्न सक्ने स्थिति नरहेको बताए । उनले भने, ‘अंग्रेजीको क्रेज सबैमा बढेको छ । बजारमा जे कुराको आवश्यकता पर्छ, त्यहि अनुसार विकाउन सक्ने तयारी गर्ने हो । अभिभावकले आफ्नो बच्चाले अंग्रेजीमा वस्तुको नाम भनिदेओस् भन्ने चाहन्छन् । हाम्रो नगरको एउटा विद्यालयमा अंग्रेजी माध्यम राख्ने भनेकै वर्ष त्यो विद्यालयमा ११० नयाँ विद्यार्थी भर्ना भए । अंग्रेजी भाषा आवश्यकता वा बाध्यता भन्नुभन्दा पनि यो आवश्यक भएकोले बाध्यता भएको हो । अंग्रेजीलाई रोकेर रोक्न सकिँदैन ।

वाध्य पारिए झैं भएको शिक्षक तथा प्रअहरुले गुनासो गरेका छन् । अंग्रेजी माध्यममा पढाए पनि विद्यार्थीलाई नेपाली भाषामा नबुझाएसम्म उनीहरुले नबुझ्ने अवस्था भएकोले अंग्रेजी माध्यम व्यावहारिक नभएको उनीहरुको भनाइ छ । त्यसमाथि कतिपय शिक्षक सेवाबाट राम्रो श्रेणीमा पास भएर आएका शिक्षक नै अंग्रेजी माध्यमबाट शिक्षण गर्न नसकेकोबारे प्रअहरुले दुखेसो पोखेका छन् ।

लगभग डेढ दशकदेखि शिक्षण गर्दै आइरहेका शिक्षक शिवराम बोहजूले नेपालको संविधानमा प्रारम्भिक शिक्षा र प्राथमिक तहमा मातृभाषाको माध्यमबाट पढाउनु पर्ने व्यवस्था भएकोमा विद्यालयले सानोमा अंग्रेजी माध्यम र ठूला कक्षामा नेपाली माध्यम ऐच्छिक या अनिवार्यका रुपमा उल्टो विधि अपनाइरहेको बताए । अंग्रेजी माध्यमले विद्यार्थीको सिकाइ कमजोर भएको अनुभव सुनाउँदै उनले भने,‘संयुक्त परीक्षा समितिमा अंग्रेजी माध्यमलाई कक्षा ५ सम्म राख्यो र परीक्षाको प्रश्न पत्र पनि अंग्रेजी माध्यममा गर्दा अब्जेक्टिभ प्रश्नबाहेकका प्रश्नमा विद्यार्थीले लेख्न सकेको देखिएन ।

वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले नेपाली माध्यममा भर्ना हुन आउने विद्यार्थीको संख्या एकदमै कम रहेको बताए । आफ्नो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउँदा राम्रो नतिजा आएको अनुभव सुनाए । अंग्रेजी माध्यमबाट पढाउनका लागि शिक्षक सेवा आयोगबाट उत्कृष्ट भएका शिक्षकले पनि अग्रेजी माध्यमबाट पढाउन मुस्किल भएकाले निमाविका शिक्षकलाई प्राविमा सार्नु परेको आफ्नो भोगाइ उनले सबैसामु बताए ।

माउन्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जनले निजी विद्यालय अगाडि हुनुको कारण अंग्रेजी माध्यमले मात्र हो र? भन्ने प्रश्नमा सबैले विचार गर्नुपर्ने उल्लेख गरे । त्यस्तै चाँगुनारायणको वाल्मिकेश्वर माविका प्रअ खगेन्द्र धमलाले पनि विद्यार्थीको गुणस्तर बृद्धिका लागि माध्यम समस्याको रुपमा नरहेको स्वीकारे । त्यसका लागि शिक्षक जिम्मेवार र विद्यार्थी लगनशील हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षाकर्मी टिका भट्टाईले कार्यक्रमको समीक्षा गर्दै भाषा माध्यम मात्र नभई यसमा ज्ञान र शिक्षा हुने बताए । ‘अहिले अंग्रेजी माध्यमको कुरा पानीको फोका जस्तै आइरहेको छ । हामीले अभिभावकलाई नजिकै गएर सोध्ने हो भने अभिभावकले आफ्नो बच्चाले अंग्रेजी मात्र जानोस् भन्नुहुन्न, उहाँहरुले आफ्नो बच्चाले अंग्रेजी, नेपाली र आफ्नो मातृभाषा पनि जानेको मनपराउनु हुन्छ । अभिभावकहरु सकेसम्म धेरै भाषा सिक्नेमा सहमत हुन्छन् ।

अंग्रेजी माध्यमका कारण हाम्रो सिकाइ घोकन्ते भइरहेको कुरा घत लाग्यो । साँच्चै विद्यार्थीलाई कमजोर भाषाबाट पढाउँदा उसको शिक्षण पनि कमजोर हुन्छ ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र केन्द्रीय विभागका डा. प्रेम फ्याकले ‘अंग्रेजी माध्यममा शिक्षाः सिद्धान्त, सोच र शिक्षण–सिकाइमा प्रभाव’ विषयमा प्रस्तुती दिएका थिए ।