बांकेमा सार्बजनिक स्थलमा टांगेका प्रचार सामग्रि हटाउन सुरु

डम्मर थापा मगर/

बाँके, मङ्सिर, ११-
बांकेमा राजनितिक दलहरुले सार्बजनिक स्थलमा टांगेका प्रचार सामग्रि हटाउन सरु गरीएको छ । दलहरुले प्रतिबद्धता अनुसार चोक तथा सार्बजनिक स्थलमा टांङ्गेका ध्वाजा पताका लगायतका प्रचार सामग्रिहरु नहटाएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिले हटाईरहेको हो ।

जथाभावि सार्बजनिक रुपमा राखिएका प्रचार सामाग्रि तीन दिन भित्र हटाउन मंसिर ६ गते बसेको सर्बदलिय बैठकले निर्देशन दिएको थियो । त्यसपछि दलरुले ९ गते आफै हटाउने प्रतिबद्धता जनाएपनि १० गते सांझ सम्म नहटाएपछि आज बिहानबाट हटाउन सुरु गरीएको बांकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसिले बताउनभयो ।

आज विहान त्रिभुवन चोक, सदरलाईन, ट्राफिक चोक, सुर्खेत रोड र एयरपोर्ट रोडमा रहेका प्रचार सामाग्रि हटाईएको उहांले बताउनुभयो । यस्तै ग्रामिण क्षेत्रहरुमा पनि क्रमश प्रचार समाग्रिहरु हटाउने प्रमुख जिल्ला अधिकारी केसिले बताउनुभयो ।